श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस १२ गते मङ्गलबार, २७ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष शुक्लपक्षको पञ्चमी तिथि २३ः११ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र धनिष्ठा १४ः४३ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ। श्रम गरेअनुसार लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रम बढ्नेछ र शत्रु परास्त हुनेछन् । विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा भने पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले विशेष ध्यान दिनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नियमित काममा भने सामान्य फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ। अलि मेहनत गर्नु पर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति नबुझी काम थाल्नाले समस्या पर्न सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पु¥याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधानीले समस्या टर्न सक्छ । काममा दोहो¥याएर प्रयत्न गर्नु पर्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले लक्ष्यमा पु¥याउन सक्छ । फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।