धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रानलयले उत्कष्ट विद्यालयको रुपमा छनौट गरेको छ ।
सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा उक्त विद्यालयलाई छनौट गरि अनुदानसमेत दिने घोषणा गरेको छ ।
सामाजिक विकास मन्त्रालय प्रशासन तथा शैक्षिक योजना महाशाखाले उत्कृष्ठ विद्यालयका रुपमा छनौटमा परेको जानकारीसहित प्रदे्श सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न महाशाखाले विद्यालयलाई पत्रचार गरेको छ ।
मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया पाउने छ । २० प्रतिशतसम्म प्रोत्साहान कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावको आधारमा कार्य गर्ने गरि योजना बनाएर पेस गर्न पत्रचार गरिएको उपसचिव पोखरेलले जानकारी दिए।
मन्त्रालयले आर्थिक बर्ष २०७९/२०८० का लागि प्रत्येक जिल्लाबाट १/१ वटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन कार्य गर्ने कार्यक्रम अनुसार सुनसरीमा जनता माविलाई छनौट गरेको मन्त्रालयले जनाएको छ । मन्त्री स्तरिय बैठकबाट मंसिर २६ गते जनता माविलाई उत्कृष्ट विद्यालय छनौट गरि प्रोत्साहन कार्यक्रम दिने निर्णय गरेको थियो । यही पुस ९ गते एक साताको समय दिएर विद्यालयलाई प्रस्ताव पेस गर्न पत्रचार गरेको छ ।
पछिल्लो चार वर्षमा जनता मावि नमूना विद्यालयको रुपमा दरिएको छ । यहाँ निजी विद्यालयहरूबाट अध्ययन गराउन विद्यालहरू ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विदालयले दावी गरेको छ ।
अध्यक्ष दंगालले भने – ‘विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहने छ ।’ विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको अध्यक्ष दंगालले जानकारी दिए ।
पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै वन्न सफल भएको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालयका पधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । जनता स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानून र सिभिल इञ्जिनियरको पढाई सुरु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।