धरान/एम्स रचनात्मक समूहको अध्यक्षमा रिसप राई चुनिएका छन् । धरान(१२ स्थित एम्स एकेडेमीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई सम्मिलित गराई विगत ६ वर्षयतादेखि समूह गठन गर्दै आएको छ ।
बुधबार गठित समूहको उपाध्यक्षद्वयमा प्रतिक्षा लिम्बू, खम्बबहादुर बस्नेत, सचिवमा झनक खत्री, सहसचिवमा स्मृती राई र कोषाध्यक्षमा अस्मिता मगर र सहकोषाध्यक्षमा उज्वल सिवाकोटी चयन भए । यसै गरी सदस्यहरूमा मन्दिप राई, रूपसना राई, रिस्ता राई, सन्ध्या तामाङ, अङ्कित श्रेष्ठ, सुसन स्याङ्बो, अनुज राई, समीक्षा तामाङ, सलिता कार्की, इन्द्रन राई, पुनम तामाङ, निदिमा राई र अनिकेत तामाङ रहेका छन् ।
विद्यार्थीहरूको गतिविधि तथा अतिरिक्त क्रियाकलापको मूल्याङ्कन गर्नका लागि समूह गठन गर्दै आएको कलेजका संयोजक हेमन्त भण्डारीले जानकारी दिए । व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले समूहको जिम्मेवारी, काम, कर्तव्य र अधिकार क्षेत्रबारे जानकारी गराउँदै अरूलाई नियमन गरिरहँदा आफ्नो पनि नियमन गर्न आग्रह गरे ।
त्यस्तै कलेजका व्यवस्थापक नवीन राईले समूह गठनको निश्चित उद्देश्य भए पनि विद्यार्थीहरूले आफूलाई अब्बल बनाउँदै देशका लागि योग्य नागरिक बन्न आग्रह गरे । त्यस्तै कलेजका प्राचार्य मित्र तामाङले सामाजिक विषयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने बेला आएको बताए । उनले यसलाई सामाजिक विषयकै एउटा अङ्गका रूपमा विद्यार्थीहरूलाई बुझ्न आग्रह गरे ।