श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं २०७९ साल पुस १४ गते बिहीबार, २९ डिसेम्बर २०२२, नलनाम संवत्सर । पौष शुक्लपक्षको सप्तमी तिथि १९ः३२बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र ११ः५६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले लक्ष्यमा पु¥याउनेछ। विभिन्न स्रोत–साधन जुट्नाले कार्य सम्पादनमा सहज हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको रकम उठ्नेछ र धन सङ्ग्रह पनि हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। कम महŒवका काममा अल्झनु पर्दा कार्य सम्पादन नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। आशा देखाउनेहरूको भर पर्दा धोका पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सफलता न्यून मात्र हातलागी हुनेछ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।