श्री शालवाहनीय शाके १९४३ ने.सं ११४३ वि.सं. २०७९ साल पुस १५ गते शुक्रबार, ३० डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष शुक्लपक्षको अष्टमी तिथि १८ः४९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्र ११ः३६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायले आम्दानी बढाउने समय छ । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले नाम र दाम दिलाउनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ   । फजुल खर्च बढ्ने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको काममा बाधा हुनसक्ने देखिन्छ । पुरुषार्थी काम प्रारम्भ हुनसक्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तजनसँगको भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुने समय रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनाले मनग्य रकम प्राप्त हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्नु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ।