श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस १८ गते सोमबार, २ जनवरी २०२३, नलनाम संवत्सर। पौष शुक्लपक्षको एकादशी तिथि २०ः४६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र भरणी १४ः४३ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको लाभांश सञ्चय नहुन सक्छ । केही फाइदा लिन अर्काे वस्तु त्याग्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ। आवश्यक पर्दा कर्जामार्फत् धन जुट्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तबाट  टाढिनु पर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारी साथ काम लिनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम प्राप्त भए पनि तत्काल खर्चनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। सञ्चित रकमसमेत खर्चनु पर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ । दिगो फाइदा हुने व्यवसाय भने प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग रहेको देखिन्छ ।