श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस १९ गते मङ्गलबार, ३ जनवरी २०२३, नलनाम संवत्सर । पौष शुक्लपक्षको द्वादशी तिथि २२ः२६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र कृतिका १६ः४६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तहरू नजिकिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। जटिल कामले लोभ्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छर–छिमेकमा केही असमझदारी देखिएला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजनबाट टाढिनु पर्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । विभिन्न स्रोत–साधन जुट्ने समय रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सञ्चित धन उपयोग गर्दा फाइदै हुनेछ। रकम हातलागी हुनेछ तर, दायित्व पनि बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा लक्ष्य प्राप्ति हुनेछ । पुरुषार्थी काम सम्पन्न गर्ने समय छ।