श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २० गते बुधबार, ४ जनवरी २०२३, नल नाम संवत्सर । पौष शुक्लपक्षको त्रयोदशी   तिथि भोलि ००ः२४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र रोहिणी १९ः०८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट पनि प्रशस्त फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विशेष अवसर दिलाउनेछ । समस्या र चुनौती समाप्त हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ । परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनशैली व्यस्त रहे पनि कम महŒवका काममा समय बित्नेछ। कमजोर नतिजाले कार्य दोहो¥याउनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दौडधुपले कमजोरी अनुभूति हुन सक्छ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्वाकाङ्क्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पु¥याउनेछ ।