धरान । वन पैदावर हानि नोक्सानी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्त धरान उपमहानगरपालिका–५ का ५४ वर्षीय विजय झालाई पक्राउ गरेको हो ।

सुनसरी जिल्ला अदालतबाट २०७८ भदौ १६ गते दुई महिना १० दिन कैद सजाय तोकिएको थियो । फरार झालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाइएको छ ।