सुनसरी । बिरामी भयो कि विराटनगर तथा इनरुवा जानुपर्ने बाध्यता हट्दा देवनारायण मेहता औधी खुसी छन् । हरिनगर गाउँपालिका–२ का मेहता सामान्य स्वास्थ्य समस्या आउँदा पनि विराटनगर कुद्नुपर्ने बाध्यता हटेको बताउँछन् ।
‘सानो सानो समस्या आउँदा पनि कुदेर विराटनगर कि इनरुवा जानुपथ्र्यो’ उनले भने, ‘यहीँ सेवा सुरु हुँदा औधी खुसी छु ।’ गाउँपालिकाले आफैले गाउँवासीलाई सेवा दिन अस्पताल सेवा सुरु गरेको हो । ‘यसलाई अझै थप सुविधायुक्त बनाउनुपर्छ’–उनले भने । अर्का सेवाग्राही आजाद अन्सारी गाउँपालिकाले नियमित सेवा प्रवाह गर्न आवश्यक रहेको बताउँछन् ।
अर्का सेवाग्राही मुर्सिद सिद्दीकीले जनप्रतिनिधिको प्रयासमा गाउँमै आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिनु खुसीको कुरा भए पनि यसलाई निरन्तरता दिनु उतिकै चुनौतीपूर्ण रहेको बताए । हरिनगर गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सर्वसाधारण लाभान्वित भएका छन् ।
हरिनगर–४ मा निर्माण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य उपचार सुरु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शøया अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य उपचार सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले बताए । हरिनगर क्षेत्रका जनतालाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन पाँच शøयाको आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
अस्पतालमा ल्याव, इसिजी, भिडिओ एक्स–रेलगायतका सेवा दिन सुरु गरिएको चिकित्सक रिजवान अन्सारीले बताए । यहाँ सेवा सुरु हुँदा कोसी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु गाउँपालिकाका बिरामीले पनि सेवा पाउने उनले बताए । अध्यक्ष अन्सारीले बजेटमा प्राथमिकता राखेर अस्पताल सञ्चालनमा ल्याएको बताए ।
विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेपछि यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्रै अन्य अस्पताल रेफर गर्ने योजना रहेको उनले बताए । अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएको बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको चिकित्सक अन्सारी बताउँछन् ।
गाउँपालिका अध्यक्ष अन्सारीले भने, ‘बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४ सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका हौं ।’