श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २१ गते बिहीबार, ५ जनवरी २०२३, नलनाम संवत्सर । पौष शुक्लपक्षको चतुर्दशी तिथि भोलि २ः३६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मृगशिरा २१ः४४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवादमा अघि नसर्नु होला । मिहिनेतले छोटो समयमा केही फाइदा दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ, सत्कार प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन् । कामको चाप बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो काम प्रारम्भ हुनसक्छ । पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ । तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा आश्वासन दिने बानीले दुःख पाइनेछ। गोप्य योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ।