श्री शालवाहनिय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल पुष २२ गते शुक्रबार, ६ जनवरी २०२३, नल संवत्सर, पुषशुक्ल पक्षको पुर्णिमा तिथि भोलि ०४ः५७ बजे सम्म उप्रान्त प्रतिपदा, नक्षत्र आद्र्रा भोलि ००ः३० बजे सम्म पुनर्वसु, चन्द्रराशि–मिथुन, सुयोदय ०६ः५५ बजे र सुर्यास्त ०५ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले साथ दिनेछन् । व्यापार बढ्नाले लाभ हुने देखिन्छ । समउ राम्रोछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाईलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश प्रप्त हुनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिहरूसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहार समेत प्राप्त हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ । अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ ।