विराटनगर । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने  प्रदेश १ का सांसद जीवन आचार्यले प्रतिबद्धता जनाएका छन् । मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित माओबादी केन्द्रका सांसद  अचार्यले देशकै  पहिलो प्राविधिक विश्वविद्यालय आफनै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनेगरी स्तरोन्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

सांसद आर्यायलाई बधाई ज्ञापनगर्दै मनमोहोहन प्राविधिक विश्वविद्यालय (एमटियु) का उपकुलपति डा. सुभाषश्री आचार्यले संघ र प्रदेश सरकारसँगै सबै दल र स्थानियबासीको सहयोग प्राप्त गरिरहन सके देशकै पहिलो एमटियु केही बर्षमा सार्कस्तरमा परिचत हुन सक्ने बताए ।

उनले त्यसका लागि मेडिकल टेक्निोलोजी लगागतका विभिन्न बिषयत कक्षाहरुको पठनपाटन थप सुरु गर्न लागेको जानकारी गराए । उनले तुरुन्तै एएटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको बताए । ‘पहिले कोशी कोभिडका रुपमा स्थापना भएको अस्पताल प्राप्त गर्नसके हामी स्वास्थ्यतर्फ प्राविधिक तहको उच्च कक्षाको पठनपाठन गराउन सक्ने थियौ तर हालसम्म तीनबटै मुख्यमन्त्रीबाट आश्वासन मात्र पायौ ,’ उपकुलपति पोखरेलले सांसद आचार्यसँग आग्रह गरे । 

उपकुलपति पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश १ सरकारको मात्र नभएर संघको पनि गौरब भएकोले थप विषयत शैक्षिक कार्यक्रमहरु सञ्चालन र पुर्वाधार विकासमा सहयोगको अपेक्षा रहेको सुनाए । उनका अनुसार एमटियुले चाँडै हेल्थपोलिसी एण्ड मेनेजमेन्ट , रेल्वे र हाईटेक ब्रिजदेखी टनेल  अनि ईन्फास्टकचरल र्ईन्जिनियरिङ लगायतका विषयहरु पठनपाठन गराउने अन्तिम तैयारी भैरहेको बताए। 

बधाई ग्रहण गर्दै सांसद आचार्यले आफु बढेपढेकै ठाउँमा स्थापना भएको देशकै पहिलो प्राविविधिक विश्वविद्यालयको स्तरान्ती गराई अन्तराष्ट्रिय स्तरमा चिनाउने काममा आफु सक्रृय भएर लाग्ने बताए । उनले मनमोहन प्राविधिक विश्वबिद्यालय कुनै एक पार्टी वा नेताको नभएर समग्र देशको भएकोले आफनोतर्फबाट स्तरोन्तीमा सक्दो सहयोग हुनसक्ने प्रतिबद्धता गरे । उनले भने, ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरोपनि हो । यसैले सबैको योजनाअनुसार म अगाडी बढछु ।’ 

प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा  केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वबिद्यालयमा गत शैक्षिक सत्रदेखी स्नातक तहमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स बिषयमा पठनपाठन भैरहेको छ । यो विश्वविद्यालयले आगामी दशबर्ष भित्र विभिन्न दश भन्दा बढि प्राबिधिक  बिषयमा पिएचडीसम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।