श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २४ गते आइतबार, ८ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको  प्रतिपदा तिथि ०७ः२५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुष्य भोलि  ०६ः१८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । पहिलेको संकल्प पूरा गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । चिताएको काम बोलीको भरमा सम्पादन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ।