देउराली ।  धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका कर्मचारीहरूको सङ्गठन कर्मचारी कल्याण समाजको अध्यक्षमा कविता ढकाल निर्वाचित भएकी छन्न । 

शनिबार भएको निर्वाचनमा अध्यक्षका प्रत्याशी ढकालका निकटतम प्रतिस्पर्धी  किशोर प्रसाद पोखरेलले ३१७ मत प्राप्त गर्दा   ढकाल ३६६ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । अन्य अध्यक्षका उम्मेदवार  महेश्वर राई, सञ्जीव कुमार कर्ण,  भुपध्वज बुढाथोकी, मदनकुमार हलुवाई र  किरण प्रसाद भट्टराईले क्रमशः १६३,  १९५ ,९८, १९ र ११ मत प्राप्त गरेका निर्वाचन प्रमुख प्रकाश श्रेष्ठले बताएका छन् । 

आइतबार  घोषणा भएको निर्वाचन परिमाण अनुसार निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत ५८८ मत प्राप्त गर्दै विजयी भएकी छन् । वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवारहरू पूर्णबहादुर श्रेष्ठले २६८ मत, दिलीप कुमार परियारले ६९ र  बालकृष्ण मेहताले २१६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वरिष्ठ महिला उपाध्यक्षमा  धन कुमारी घिसिङ ७०७ मत प्राप्त गरी विजयी भएकी छन् भने,  प्रशासनिक उपाध्यक्षमा श्याम सुन्दर मेहता  (३४१),  पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ  (५४१),  महासचिवमा मुकेश कुमार शाह  (४८३) र  कोषाध्यक्षमा अजय कुमार साह (३५५) विजयी भएका छन् ।

नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी भने निर्विरोध निर्वाचित भएकी हुन् । समाजले  खुल्लाबाट  ६ जना,  प्रशासनिकबाट  ३ जना,  नर्सिङबाट ३ जना र  पारामेडिक्सबाट ३  गरी १५ जना सदस्य निर्वाचित गरेको छ । 

प्रशासनिक कर्मचारीको मञ्चका रूपमा  २०६३ सालमा कर्मचारी कल्याण मञ्चको रूपमा गठित समाजले पछि अन्य पारामेडिक्स कर्मचारी व्लेफेयर कमिटि र नर्सिङ व्लेफेयर कमिटिलाई पनि जोडेर प्रतिष्ठानको कर्मचारी कल्याण समाज बनेको हो । 

प्रतिष्ठानको सिनेटले समाजलाई २०७२ सालमा आधिकारिकता दिए पछिको यो पहिलो निर्वाचन हो ।