श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २५ गते सोमबार, ९ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको द्वितीया तिथि ०९ः५६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्लेषा भोलि ०९ः१३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हतारमा वचन दिनाले दुःख पाइनेछ । तापनि साथीभाइले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि, पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। आहारविहारमा ध्यान पु¥याउनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। व्यवसायमा बाधा पुग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट लाभ प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहनेतले दैनिकीमा परिवर्तन आउनेछ । व्यापार–व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्नेछन् । दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगतिका साथै आफ्नो प्रतिभाको कदर हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर छ।