‘सत्य त भिडन्तकारी पो हुन्छ । त्यसले झुटहरूमाथि मात्र प्रहार नगरी ती खास खास मानिसहरूमाथि पनि प्रहार गर्छ, जसले झुटलाई फिँजाउने गर्छ ।’


कवि बार्तोट बेख्तले भने झैं हाम्रो देशमा पनि झुट कुराहरूले बढी प्रश्रय पाइरहेका छन् । यसमाथि प्रहार हुन आवश्यक छ । अबको नेपाली समाजको अन्तिम प्रहारको निसाना भनेको साम्राज्यवाद नै हुनेछ । साम्राज्यवादमाथि प्रहार नगरी नेपाली समाजमा शान्ति, विकास र समृद्धि भन्ने शब्दवाली नै अब हुनेछैन । अबको प्रहारको निसाना एमसीसी, एसपीपी र उत्तर आधुनिकतावादमा नै हुनु पर्दछ । अहिले हाम्रो नेपाली समाज विकासको चरम् उत्कर्षमा पुग्ने समयमा भिखारीको बथान जस्तो बनिरहेको छ । यो देशका शासकहरू देशमा उत्पादनको सट्टा विदेशी मुलुकले देला र खाउँलाको भरमा छन् ।

अहिले देशका युवाजनशक्ति प्रायः विदेशिन बाध्य र विवश छन् । देशलाई स्वाभिमानी बनाउने उत्पादनभन्दा दैनिक कति भिसा बिक्री हुन्छ भनेर भिसा गनेर बसिरहेका छन् । हाम्रो देशमा विदेशी जतिखेर आएर जे गरे पनि कुनै सोधीखोजी गर्ने अलिकति पनि हुत्ती राज्यसँग भएको देखिँदैन । राज्य सञ्चालनमा लाचारीपनको सीमा नै छैन । यिनीहरू दोबाटोको भट्टीका आवाराहरूजस्तै विदेशीले कहिले देला वा युवाजनशक्तिले पसिनाको थोपा थोपा विदेशका गल्ली गल्लीमा पोखेर कमाएको रेमिट्यान्स कहिले आउला र खाउँला भन्ने आशामा बाटो कुरेर पर्खिरहेका छन् ।

यो देशका शासकहरूले देशभित्र कला, सीप, जाँगर, सिर्जनशीलता र आविष्कार क्षमता भएकामा ऐतिहासिक वर्गले उत्पादनको काम गर्दा अमानवीय व्यवहार गरेर पशुजन्य व्यवहार गरे । आज त्यही सीप, कला, ज्ञान सिकिरहेका छन् । सीप, कला, ज्ञान भन्ने कुरा सिक्नै पर्दोरहेछ । हिजो समयमै सबैले सिकेर समाजमा मानवीय व्यवहार, स्वभाव देखाउन सकेको भए नेपाली समाज मानव समाजजस्तो बन्ने थियो । पशुको हुलजस्तो हुने थिएन । पशुमा पनि नभएको व्यवहार यो समाजमा हुने थिएन । तत्कालीन समयमा अमानवीय व्यवहार गर्ने राज्यसत्ता सञ्चालन गर्नेहरूमा आज पनि राम्ररी मानवीय चेतना आउन सकेको छैन । मानवीय चेतना आउन नसक्दा मुलुक आज धेरै पछि परिसकेको छ ।

हिजो त्यही उत्पादनको कर्म गरेर शरीर ढाकिदिँदा, खानेकुरा, घरायसी सामग्री, कृषि औजार निर्माण गरिदिँदा, सांस्कृतिक क्षेत्रका वाद्यवादन निर्माण गर्नका साथै बजाएर मनोरञ्जन गरिदिँदा अछुत बनाइयो । यदि त्यो राज्यको चेतनाले ती समयमा अछुत बनाइएका मानिसहरूलाई आज किन दलित भनेर अपमान गरिरहेको छ । यदि राज्यले यो भन्न र गर्न उचित छ भने आज यो पेशा गर्न थालेका र सिक्नेहरूलाई पनि किन यो राज्य र समाजले अछुत मान्दैन । यदि हिजो मान्ने आज हिजो दमन गरिएकालाई फरक मानिसको दर्जामा हेर्ने हो भने अहिले त्यो काम गर्नेलाई किन दलितकै दर्जामा नराख्ने ? उत्पानमा क्रियाशील हुने अछुत, दलित हुने, आविष्कार क्षमता, उत्पादनको ज्ञान, चेतना नभएको मानिस जसको दिमागमा नै राम्ररी मानव चेतनाको विकास हुनै सकेको छैन, ऊ माथिल्लो वर्ग कसरी हुन्छ ? अब देशलाई यसरी दमन, अपमान गर्ने हिजोको शासक वर्गलाई पशुको दर्जामा नराखी नेपाली समाजको विकास हुन सक्दैन ।

यदि त्यसो हैन भने राज्यमा बसेका मानिसहरू नाङ्गै हिँडनु प¥यो । समाजमा रहेका  कला, सीप, जाँगर, आविष्कार र सिर्जनशील क्षमता भएका मानिसलाई दलित भनेर अपमान गर्ने हो, फरक व्यवहार गर्ने हो भने अहिले किन तिनै अपमानित मानिसले गरेका काम र पेशा अपनाउनु प¥यो ।

समाजमा रहेका मानिस भनिने प्राणी मानिस नै हुन् भने समान व्यवहार हुनु पर्दछ । कला, सीप, जाँगर, आविष्कार, सिर्जनशील क्षमता नभएका बेकामे बुद्धु मानिसहरूले राज्यमा बल प्रयोग गरेर पुगेकै कारण सत्तामा श्रमिकलाई अछुत, दलित भनेर अपमान गरिरहेका छन् । यही कारण आज देश अविकसित, असभ्य र भिखारी बनिरहेको छ । रोजगारी, उपभोग्य वस्तु, रेमिट्यान्स विदेशको मुख ताकेर बस्न बाध्य हुनुपरेको छ । हिजो समाजमा भएका सीप, कला, श्रमका खानी मानिसहरूको यो समाज र राज्यले सम्मान गरेर त्यसको अनुसरण गर्न सकेको भए आज देशको यो हालत हुने नै थिएन । देशका ऐतिहासिक श्रमिक वर्गलाई दमन गर्दा आज देशको अवस्था यस्तो हुन पुगेको छ । अब यो देशका यस्ता अपराधीहरूलाई डाँडा कटाएर उत्पादनमुखी र मानवहरूको शासन सञ्चालन नगरेसम्म देशको भविष्य बन्ने कुनै सम्भावना नै छैन ।

शदियौं प्रतिक्रियावादी, सामन्ती वर्गको नियन्त्रणमा र्जर्जर भएको देश करिब यो ७ दशकको समयमा पनि प्रतिक्रियावादी सामन्ती वर्गकै सबलीकरणमा अलमलियो । पछिल्लो समयमा प्रजातन्त्रको नाममा आएको दलाल संसदीय व्यवस्थाले पनि यो वर्गको भ्रष्टाचार, अन्याय, अत्याचारलाई नै निरन्तरता दियो । हजारांै जनताको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पनि यही वर्गलाई संरक्षण, सम्बद्र्धनमा समय बिताइरहेको छ ।

आज धर्तीमा खसेको र्मिमिरेलाई हत्केलाले छेकेर घाम लाग्दैन भन्ने तर्क गर्नेहरू स्वतन्त्रको डिङ हाँकिरहेका छन् । उनीहरू अहिले यो समाजमा साम्प्रदायिकता भड्काउने चेष्टा गरिरहेका छन् । भ्रष्टाचारको विरोधमा विरोध मात्र गरेर आफू चाहिँ देश र जनताको श्रम, पसिनामाथि शोषण गरिरहेका छन् । हिजो दलाल संसदीय व्यवस्थाको राजनीति गर्नेहरू आफ्नो परिवार पाल्न विदेशी भूमिमा अपमान सहेर पसिना बगाएको पसिनाको थोपा, थोपा चुसिरहेका थिए ।

आज पनि यो शृङ्खला कायमै छ । आज योभन्दा बढी स्वतन्त्रताको डिङ हाँक्नेहरू बढी तल्लीन छन् । अझ आज त विदेशमा श्रम गर्नेहरूले नै ती स्वतन्त्र हुँ भन्नेहरूको चुलोचौका बालिदिइरहेका छन् । विदेशी भूमिमा पसिना पोख्नेहरूमा पनि चेतना आउन सक्नु पर्दछ । स्वतन्त्रताका नाममा अमेरिकी साम्राज्यवादको उत्तरआधुनिकवादको घुसपैठ गरेर देश चकनाचुर बनाउन लागेको कुरा बुझ्न जरुरी छ । अहिले उत्तर आधुनिकवाद दलाल संसद्वादी राजनीतिक दल र स्वतन्त्र नामको दुवै भूतले देशमा टाउको उठाइरहेका छन् । सारमा यी संसद्वादी दल र स्वतन्त्र भन्नेहरू एकै हुन् । यी सबै अमेरिकी साम्राज्यवादको उत्तर आधुनिकवादका भूतहरू नै हुन् । यिनीहरूले आज देशको स्वाभिमान अमेरिकी साम्राज्यवादको पोल्टामा हालिरहेका छन् । यसबाट सबै नेपालीहरू बच्न जरुरी छ ।

देशमा अहिले दुई कुरा छन् । देशका श्रमिक वर्ग, उत्पीडित भाषा, सांस्कृतिक पाटो, जातजातिलाई सामान्य आरक्षण दिएजस्तो गरेर अझ उत्पीडनको भूमरीमा फसाउन दलाल संसद्वादी दलहरू नै लागेका छन् । अर्कोतिर अहिले पछिल्लो समयमा स्वतन्त्रको भूत सबै समान हुने नारा दिएर खुल्ला रूपमा अपमान गरिरहेको छ । उसले बलियोसँग दुब्लोलाई बराबर दौडाएर दुब्लोको अस्तित्व सक्ने र हिजोको बलियोको नै हालीमुहाली चलाउने, समाजलाई हिजोकै अवस्थामा पु¥याउने सुनियोजित षड्यन्त्रमा मुलुकलाई फसाउने काम गरिरहेको छ । यो उत्तर आधुनिकवादको सुनियोजित षड्यन्त्र हो ।

अहिले नेपालमा उत्तर आधुनिकवादको कार्यक्रमकै रूपमा आर्थिक, सैन्य प्याकेजका रूपमा इण्डोप्यासिफिक रणनीति भित्रिएको छ । यसमा नेपाली समाजको हस्तक्षेप र नियन्त्रणका लागि आर्थिक प्याकेजका रूपमा एमसीसी, सैन्य प्याकेजका रूपमा एसपीपी र सांस्कृतिक हस्तक्षेपका रूपमा उत्तर आधुनिकवाद घुसिरहेको छ । यसमा पनि सैन्य र आर्थिक प्याकेजलाई दलाल संसद्वादी राजनीतिक दलहरू र राज्यको पहुँचमा भएकाले नेतृत्व गरिरहेका छन् । उत्तर आधुनिकवाद स्वतन्त्रको फण्डबाट घुसिरहेको छ । पछिल्लो समयमा कतै कतै उत्तर आधुनिकवादले आफ्ना प्रतिनिधिहरू स्थानीय, प्रदेश र सङ्घीय सत्ता अनि सरकारमा पनि महŒवपूर्ण जिम्मेवारीका साथ उतारिसकेको अवस्था छ । यसले नेपाली समाजलाई विघटनतिर लगिरहेको छ ।

आज नेपाली समाजमा राज्यको पहुँचमा पुगेकाहरूले यहाँका श्रमिक वर्ग, उत्पीडित जातजाति, महिलालाई  हेर्ने दृष्टिकोण र दमन तहगत रूपमा सिर्जना गरिरहेका छन् । देशमा श्रमिक वर्ग र महिलामाथिको नयाँ दमनमा यो देशका श्रमिक वर्ग र आदिवासी समुदायको प्रतिनिधिकै प्रयोग गरेर बदनाम गरिरहेको छ । सामाजिक सञ्जालका पात्र, हत्या, बलात्कारका पात्रको अनुहार हेर्दा पनि यो प्रष्ट छ । अनेक तरिकाले यी अनुहारका पात्र खडा गर्ने काम उत्तर आधुनिकवादले गरिरहेको छ ।

आज यहाँ श्रमिक वर्गको विरुद्ध श्रमिक वर्ग नै, आदिवासीका विरुद्ध आदिवासी नै, महिलाका विरुद्ध महिला नै जुन जातिको विरुद्धमा हो, त्यही जातिकै मोर्चा र पात्र निर्माण गरिदिएर लडाइरहेकोअवस्था छ । यसको नेतृत्व साम्राज्यवादी उत्तर आधुनिकवादले गरेको छ । नेपाली समाजमा मात्र नभई विश्वमा धेरै देशमा यो रणनीति पसिसकेको छ । जुन जुन देशका नागरिक स्वाभिमानी छन् । त्यो देशका नागरिकहरूले यो राणनीतिलाई असफल पारिरहेका छन् । नेपालीजस्तो पशुवत् मानवीय चेतना भएका देशमा उत्तर आधुनिकवाद बढी सफल छ । यसले हाम्रो देशमा मानव मानवमाथि तीव्र विभाजन, महिला हिंसा, बलात्कार र आपराधिक क्रियाकलाप गराउने र अन्ततः शान्ति सुरक्षाका रूपमा एसपीपी प्रोग्रामका अमेरिकी साम्राज्यवादी सैन्य फोर्स उतार्ने, नेपाली समाज र यही आधार इलाका निर्माण कार्य गरेर छिमेकी मुलुकहरूलाई सैन्य हमला गर्ने रणनीतिमा उत्रिएको छ ।

अब नेपाली समाजमा शासक वर्गको भूमिका, अहिले बनेको सरकार र यहाँका कतिपय स्थानीय सरकारको उत्तर आधुनिकवादको प्रतिनिधि पात्रको गतिविधि हेर्दा आर्थिक सहयोग र विकासका नाममा एमसीसी परियोजना आउनेछन् । जसले विकासको बहानामा देशको प्राकृतिक सम्पदा उठाउने काम हुनेछ । सुरक्षाको रणनीतिअनुसार एसपीपी सम्झौता बमोजिम सैन्य उपस्थिति हुनेछ । सांस्कृतिक हस्तक्षेपका रूपमा उत्तर आधुनिकवाद प्रवेश गरिसकेको छ । यसले भयवाद, विभिन्न साहित्यिक, सांस्कृतिक विधाहरू, धर्म, उद्धार, सहयोगका बहानामा प्रवेश गरिरहेका छन् ।

आजको नेपाली समाजमा उत्तर आधुनिकवाद देशका श्रमिक वर्ग, सांस्कृतिक क्षेत्र, राज्यले उत्पीडनमा परेका जातजातिमा बढी मात्रमा प्रवेश गरिरहेको छ । राजनीतिक र सत्तामा सहयोग, विकासका वहानामा हस्तक्षेपको काम गरिरहेको छ । यसो हुनुमा हिजो देशका ऐतिहासिक श्रमिक वर्गले देशमा चलाएको आफ्नो कला, सीप, श्रम, जाँगरको प्रयोग गरेर मौलिक उत्पादनको अभियानलाई तत्कालीन राज्यसत्ताले निषेधीकरण, अपमान, दमन, शोषण नै हो ।

त्यो अभियानलाई राज्यले आधुनिकीकरण, प्रोत्साहन, सम्मान, संरक्षण र त्यो श्रमिक वर्गलाई मानवीय व्यवहार मात्र गरेको थियो भने आज नेपाली समाज संसारको आधुनिक, विकासित मुलुक नबन्ने कुनै कुरै थिएन । यो समाजलाई गरिबी, अविकसित र पछौटेपनतिर धकेल्ने तत्कालीन एकल जातिवादी, धार्मिक राज्यसत्ता नै हो । आज पनि यही राज्यसत्ताको निरन्तरता छ । अहिले साम्राज्यवादी राणनीतिको घेराबन्दीमा परिसकेको छ । यो राज्यसत्ताले नेपाली समाजका ऐतिहासिक श्रमिक वर्ग, आदिवासी, आधा आकाश ढाक्ने महिलालाई त अलिकति सास फेर्न पनि दिएन ।

तर, अब समग्र नेपाली र नेपाली धर्तीलाई आफ्नो मौलिकपनको स्वाभिमानी, स्वाधीनको सास फेर्न दिने कार्य गरिरहेको छैन । यो राज्य व्यवस्थाले उत्पीडनमा पारिएका समुदायलाई त मानवीय जीवन जिउन दिएन दिएन, सारा समाजलाई नै गुलाम बनाउने दिशामा हाँकिएको छ । यसको निम्ति अब पनि सबै नेपाली जनतामा चेत खुलेन भने नेपाली समाजको अस्तित्वमाथि गम्भीर प्रश्न उठ्नेछ ।

यो गम्भीर प्रश्नको हल गर्न अहिलेसम्म कुनै पनि शक्ति आर्जन हुन सकेको छैन । अहिलेसम्मका कुनै पनि सङ्गठनभित्र उत्तर आधुनिकवाद कुनै न कुनै रूपमा प्रवेश नगरेको छँदै छैन । अब स्वाभिमानी नेपाली जनता कहीँ कतै बचेखुचेका छन् भने नेपाली समाजको भविष्यमा गम्भीर ढङ्गले सोच्ने बेला आएको छ । असम्भव भन्ने कुरा कहीँ कतै पनि छैन ।

अहिलेसम्म सडकमा छरिएका वैज्ञानिक समाजवादको नाराले मात्र अब देश बाँच्ने अवस्थामा छैन । अब यो देशका सच्चा श्रमिक वर्गहरू आफूलाई शुद्धीकरण गरेर वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा हाँकिने कार्यमा निकै अबेर भइसकेको छ । सडकमा व्यापारका लागि फिँजाएको वैज्ञानिक समाजवादी क्रान्तिलाई टिपेर मौलिक स्वाधीन नेपाली समाज निर्माण गर्न लाग्नु पर्ने दिन आइसकेको छ ।
(लेखकः नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् ।)