श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २६ गते मङ्गलबार, १० जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको तृतीया तिथि १२ः१५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्लेषा ०९ः१३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारबाट राम्रो फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । पछिका लागि खर्च गर्नुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानी बढाउनुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले बढे पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक यात्रा लाभदायक रहनेछ । तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामका लागि दौडधुप गर्नुपर्ला । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। श्रमको फल प्राप्त हुनुका साथै आयस्रोत बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धि प्राप्त हुनेछ। अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् ।