श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २७ गते बुधबार, ११ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको चतुर्थी तिथि १४ः४७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा १२ः०२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ। लगनशीलताले अवसर दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। सेवामूलक काममा प्रवृत्त भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्नेछ। तर, ढिलासुस्ती गर्दा केही पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्न सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उपहारले काममा उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। कामबाट आम्दानी भइरहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । सोखले खर्च भने बढाउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनेछन् ।