पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले प्राविधिकविद्यामा स्नातकतहअध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिप्रदान गरेको छ ।

गाउँपालिकाक्षेत्रभित्रकाविद्यार्थी गाउँपालिकाबाहिरको शिक्षण संस्थामाप्राविधिकविद्यामाअध्ययरनरत विद्यार्थीहरुलाई छात्रवृत्तिप्रदान गरेको हो । गरिब तथानिम्निवर्ग र दलित समुदायको ११ जना छात्रछात्रा छनौट गरी १० लाखछात्रवृत्तिप्रदान गरिएको थियो । गाउँपालिकाको एक कार्यक्रममागाउँपालिकाअध्यक्ष राजमती इङ्नाम र उपाध्यक्षभोला प्रसाद अधिकारीले छात्रवृत्तिबापतनगद चेक हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले ‘प्राविद्यिकविद्यामा रोजगारी, कानेपोखरीका छोराछोरी’ कार्यक्रमअन्तरगत यस आर्थिक बर्ष देखी यस प्रकारका छात्रवृत्तिप्रदान गर्न सुरु गरेको गाउँपालिकाअध्यक्ष राजमती इङ्नामले बताइन् ।

वडा नं। ३ का बिएसीसिभिलअध्ययनरत दिपकऋषिदेवलाई १ लाख १० हजार, वडा नम्बर ४ का बिएसीएजीअध्ययनरत सुजन सार्कीलाई १ लाख १० हजार, वडा नम्बर ६ का बिएसीएजीअध्ययनरत दमन्तालिम्बु ९० हजार, गणेश श्रेष्ठ ९० हजार, अर्चना रिजाल ९० हजार र  विवेक कटटुवाल ९० हजारप्रदान गरिएको छ ।

त्यसैगरी वडा नम्बर ७ का बिएसीएजीअध्ययनरत नितेश अधिकारी ९० हजार, वडा नम्बर २ का बिएसीभेटनरीअध्ययनरत नवराज कोइराला ९० हजार, वडा नम्बर १ कीबिएसीएजीअध्ययनरत सविना कटुवाल, वडा नम्बर ५ का बिएसीसिभिलअध्ययनरत बिकास बुढाथोकीलाई ८० हजार छात्रवृत्तिप्रदान गरिएको छ ।