श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २८ गते बिहीबार, १२ जनवरी २०२३, नलनाम संवत्सर, माघ कृष्णपक्षको पञ्चमी तिथि १६ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वफाल्गुनी १४ः३७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान दिनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा काम सफल पार्न सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधिकारका लागि केही जोखिम उठाउनु पर्ला । आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान वा अनुयायीको साथले हिम्मत बढाउनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । समय राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक यात्राको योग रहेको छ । व्यापारमा लगानी बढाउँदा पछिका लागि फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरानो रोग बल्झिनाले केही समस्या देखा पर्नेछ । खानपान मा ध्यान पु¥याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । छोटो दूरी को यात्रा रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै स्वादिष्ट भोजन प्राप्त हुने सयम रहेको छ ।