श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल पुस २९ गते शुक्रबार, १३ जनवरी २०२३, नलनाम संवत्सर, माघ कृष्णपक्षको षष्ठी तिथि १८ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरफाल्गुनी १६ः५०बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यवसायबाट अपेक्षित फाइदा उठाउन नसकिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन् । तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचार सुन्न पाइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामका लागि साइनो गाँस्नेबाट सजग रहनुपर्ला । आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । साँझदेखि चुनौतीभित्र अवसर खोज्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा फाइदा र अध्ययनमा प्रगति हुनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन् । व्यापार–व्यवसायबाट प्रशस्त फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । काम बिग्रने भयले सताउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसकिएला ।