श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ३० गते शनिबार, १४ जनवरी २०२३, नलनाम संवत्सर । माघकृष्ण पक्षको  सप्तमी तिथि १९ः४२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र हस्ता १८ः२९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ। अरूले फाइदा उठाउने कोशिस गर्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

चुनौती पन्छाएर पनि काम सफल पार्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। ईष्र्या गर्नेहरू पछि पर्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यापारमा लाभ हुनेछ। केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सेवामूलक काम सम्पादन गर्न सकिनेछ। गरिएका कामकाज सफल हुनाले हौसला बढ्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। निर्णय दिँदा सजग रहनुपर्ला। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेत गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। आफन्तजनले उत्साह जगाउनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन् । परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि विचार पु¥याउनु होला।