धरान :

हिमानी ट्रष्टकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा लायन्स क्लब अफ धरान पाँचकन्याले ‘शिक्षाको लागि एक रुपैयाँ अभियान’को शुरुवात गरेको छ । 

शुक्रबार पुर्वयुवराज्ञी शाहको प्रमुख आतिथ्यमा धरान-१५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी  अभियानको शुरुवात गरिएको हो ।

सोहि अवसरमा क्लब र धरान-१६ स्थित पुर्वाञ्चल बहिरा विद्यालयबीच सम्झौता पत्रमा हस्तान्तरण पनि भएको छ । सो विद्यालयका विद्यार्थीहरुलाई कानमा लगाउने ‘हेयरिङ एड’ मेशिन वितरण गरिएको थियो भने कक्षा ७ र ८का विद्यार्थीहरुलाई लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । अन्य विभिन्न विद्यार्थीहरुलाई पनि छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । 

324653216_880067883287330_7193360552993827418_n

पुर्वयुवराज्ञी शाहले ज्ञान चक्षु विद्यालय परिसरमा २ वटा रुद्राक्षको विरुवासमेत रोपेकी थिइन् । हिमानी ट्रष्टले विभिन्न विद्यालयहरुलाई पानी आफै प्रशोधन हुने बोतल पनि वितरण गरेको छ । यस्तै, विपन्न एकल र अपांग व्यक्तिहरुलाई ब्ल्यांकेट पनि वितरण गरिएको छ । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै लायन्स क्लब अफ धरान पाँचकन्याकी अध्यक्ष एकता श्रेष्ठले शिक्षाको लागि एक रुपैया अभियानलाई मोफस रेष्टुरेष्ट हङकङले सहयोग गरेको बताइन् । कार्यक्रममा लायन्सका डिस्ट्रिक गर्भनर धिरज गुरुङ, पिएमजेएफ मल्टिपल जिएटि चेयरपर्सन इन्द्र खत्री (राजन), पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका प्रअ प्रमोद भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । क्लबले केही महिनाअघि शिक्षाका लागि एक रुपैयाँ अभियानको घोषणा गरेको थियो ।

322160015_3441635086072612_7999600878851549165_n