श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १ गते आइतबार, १५ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको अष्टमी तिथि २०ः०४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र चित्रा १९ः२७ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम सफल पार्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।अवसर प्राप्त भए पनि काममा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरे विश्वास नलागेको कामसमेत बन्न सक्छ । अन्य काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशुधनले मनग्य फाइदा दिलाउनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बगैंचा र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ । विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गरे फाइदा हुनेछ । बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ।