वराहक्षेत्र । लायन्स क्लब अफ वराहक्षेत्र कालाबञ्जारले विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको छ ।

क्लबले शुक्रबार ३ नम्बर वडास्थित जालपा आधारभूत विद्यालयका छात्रछात्रालाई स्वेटर वितरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ३ सम्मका ६० जना विद्यार्थीलाई स्वेटर दिएको अध्यक्ष सुनिल साहले बताए ।कार्यक्रममा डिस्ट्रिक ३२५ सीका डिसी धीरज गुरुङले तराईमा शीतलहर बढेसँगै साना उमेरका विद्यार्थीहरू समस्यामा पर्ने बताए ।

मिर्गौला रोगीलाई नगद
क्लबले ४ नम्बर वडाका मिर्गौलाका बिरामी ४१ वर्षीय रमेश चौधरीलाई नगद प्रदान गरेको छ । उनलाई ११ हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष साहले बताए ।

स्थानीय सिद्धार्थ मोमोरियल इङ्लिस बोर्डिङ स्कुलमा काम गर्ने बसका सह–चालक चौधरीलाई उपचार खर्च प्रदान गरिएको हो । लायनहरूको सहयोगमा उपचार खर्च दिइएको हो ।