श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २ गते सोमबार, १६ जनवरी २०२३, नलनाम संवत्सर, माघ कृष्णपक्षको नवमी तिथि १९ः३८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र स्वाती १९ः३७ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवम् लोकाचारका लागि फजुल खर्च बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको करकापमा काम गर्नुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । उधारोमा व्यापार हुनेछ। पछिका लागि केही त्याग्नुपर्ने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारको बहानामा रमाइलो यात्रा हुनसक्छ । ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। विवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायबाट अपेक्षित फाइदा उठाउन नसकिएला। चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ। अरूको भर पर्दा धोका हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । अध्ययनमा बाधा पुग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ। हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ । अपरिचित व्यक्तिहरूसँग सावधान रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।