श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ३ गते मङ्गलबार, १७ जनवरी २०२३, नलनाम संवत्सर, माघ कृष्णपक्षको दशमी तिथि १८ः२१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र विशाखा १८ः५८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर, बलजफ्तीले समस्या निम्त्याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गलत चिन्तन र विचारले स्वयम् आलोचित भइनेछ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
द्वेष तथा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । लगानीमा जोखिम बढ्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ। ईष्र्या गर्नेहरू पछि पर्नेछन् । दिन सामान्य देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या पन्छाएर लाभ लिन सकिनेछ । व्याहारिक समस्याले योजना स्थगन हुने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदा लिन समयको प्रतीक्षा गर्नुपर्ला । काममा भने समय दिन नसकिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ । साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । लामो दूरीको यात्रा हुनेछ ।