धरान । मगर जातिको महान चाड सार ल्हेस धरानमा भव्य रुपमा मनाइएको छ ।

नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा आईतबार धरान १० स्थित सैनिक भवन परिसरमा “सार ल्हेस २०७९“ मनाइएको हो ।

प्रदेश नं १ का पुर्व कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरको प्रमुख अतिथिमा भएको कार्यक्रममा  प्रदेश नं १ का प्रदेश सभा सदस्य ममता योन्जन मगर र नेपाल आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङ्बाङ विशेष अतिथिका रुपमा उपस्तिथि रहेका थिए ।

कार्यक्रममा खेलकुद क्षेत्रका अशेष लुङेली मगर, भगवती राना मगर र नृत्य क्षेत्रकी नियती राना मगरलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार मनोज थापा मगर र गंगा बरदानले गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै नेवा देय दबु धरानको नृत्य प्रस्तुति रहेको थियो । सांगीतिक कार्यक्रम रिमा थापा मगरले सञ्चालन गरेकी थिईन् । कार्यक्रम अध्यक्ष चित्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

magarr