झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ बाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने २१ वर्षीय सन्देश राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
कार्यालयका अनुसार हिजो दिनको ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।