धनकुटा । २८५९ औँ सोनाम ल्होसारको अवसर पारेर धरान उपमहानगरपालिका वडा नं.४ स्थित तामाङ नाम्सा शेर्गे गाउँमा  बुद्ध मूर्ति प्रतिष्ठापन गरी बौद्ध गुम्बा निर्माण गरिएको छ । 

तामाङहरूको मात्र बस्ती रहेको शेर्गे गाउँमा पहिलो पटक बुद्धकाे मूर्ति प्रतिष्ठापन र ट्रस्टको अस्थायी गुम्बा निर्माण गरी सोमवार स्थापना गरिएको हो । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा बुद्धकाे मूर्ति निर्माण गरी प्रतिष्ठापन गर्ने कार्य सम्पन्न भएको हो । गुम्बा स्थापना कार्यको समुद्घाटन प्रमुख अतिथि नेपाल तामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।

२८५९ औँ सोनाम ल्होसार नयाँ वर्षको अवसर पारेर शुभकामना आदान–प्रदान तथा बुद्ध मूर्ति प्रतिष्ठापन समारोहको आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान उपमहानगरपालिका वडा नं.४ का वडा सदस्य मिना घिसिङ तामाङ र गुम्बाको लागि जग्गादाता रामबहादुर घिसिङ तामाङ र फुलमाया योञ्जन तामाङलाई सम्मान समेत गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङ र कार्यक्रम संयोजक सुजेन्द्र गोले तामाङले सम्मान–पत्र र खँदा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमका बिच टंक घिसिङ तामाङको अध्यक्षतामा तामाङ नाम्सा शेर्गे गाउँ सुधार समिति समेत सोमवार गठन गरिएको छ । समितिको उपाध्यक्षमा तारा बहादुर घिसिङ तामाङ, सचिवमा सुमन घिसिङ तामाङ, कोषाध्यक्षमा फुलमाया योञ्जन तामाङ, सदस्यहरूमा रामबहादुर घिसिङ तामाङ, मिठु घिसिङ तामाङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ तामाङ रहेका छन् ।

 कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, प्रदेशसभा सदस्य मा. ममता योञ्जन तामाङ, नेपाल तामाङ घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङ, पूर्व १ नं. प्रदेश अध्यक्ष तथा प्रमुख सल्लाहकार मित्रसेन योञ्जन तामाङ, तामाङ पत्रकार संघ १ नम्बर प्रदेश समितिका पूर्व अध्यक्ष एवंम आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नं. प्रदेश अध्यक्ष सन्तवीर लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

त्यसै गरी नेपाल तामाङ घेदुङ सुनसरी उपाध्यक्ष पृथ्वीराज मोक्तान तामा, कतार घेदुङका पूर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार योगेन्द्र लो तामाङ, भेडेटार नाम्जे माविका पूर्व प्र.अ.हर्क प्रसाद लामा, भानु मा.वि. डाँडा बजारका पूर्व प्र.अ.कृष्ण व्लोन तामाङ, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान तामाङ, जिल्ला घेदुङ सुनसरीका उपाध्यक्ष पृथ्वीराज मोक्तान तामाङ, घिसिङ समाज धरानका नेता ध्रुर्ब घिसिङ तामाङ लगायतले मन्तव्य राखेका थिए । बुद्धको मूर्तिलाई काठमाण्डौंको फर्पिङबाट आउनु भएका लामा गुरु सोनाम लामाले बौद्ध धर्म दर्शन अनुसार वैदिक विधि अनुरूप प्राण प्रतिष्ठा गरेका थिए ।