श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल माघ ५ गते बिहीबार, १९ जनवरी २०२३, नलनाम संवत्सर । माघकृष्ण पक्षको द्वादशी तिथि १३ः३० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र ज्येष्ठा १५ः२७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा लगनशील बन्न नसक्दा प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। कामको चाप बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला। हिम्मत गरेमा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले उपलब्धि जोगाउन सफल भइनेछ।सुरुमा कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिस्सेदारसँग असमझदारी बढ्नेछ। साइनो गाँसी नजिकिनेहरूले धोका दिनेछन्, सजग रहनुहोला।