श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ६ गते शुक्रबार, २० जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्ण पक्षको त्रयोदशी तिथि १०ः१२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मूल १२ः५० बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वासले धोका हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बाध्यात्मक परिस्थितिले काम रोकिनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपान एवम् मनोरञ्जनमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् । स्वास्थ्य कमजोर रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बाध्यात्मक परिस्थितिमा अलमलिनु पर्ला । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्रोतसाधन जुट्नाले काम बन्नेछ । लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्रा हुनेछ भने मानसम्मान पनि पाइनेछ । कामको मेसो नमिल्दा केही अलमल हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा गम्भीर नबन्दा पनि दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला।