श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ७ गते शनिबार, २१ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको औंसी तिथि भोलि ०२ः३९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वाषाढा ०९ः५२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी बढाउनु पर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनसँग रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । राम्रो उपलब्धि हातलागी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । श्रमको उचित मूल्य पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनु पर्नेछ। काममा निकै मिहिनेत गर्नुपर्नेछ।