श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ८ गते आइतबार, २२ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको प्रतिपदा तिथि २२ः२६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण भोलि ०३ः३७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व बढ्नेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभांशमा भने अरूलेसमेत दाबी गर्न सक्छन् । स्वास्थ्य कमजोर रहने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। सानोतिनो समस्याले सताउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ । समय राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घुमफिर तथा मनोरञ्जनको समय छ । साँझदेखि विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।