श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ९ गते सोमबार, २३ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको द्वितिया तिथि १९ः०४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र धनिष्ठा भोलि ००ः४५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रराशि–कुम्भ, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। प्रयत्न गरे सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। कामकाज सफल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि नहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहो¥याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउने योग परेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सुनिश्चित प्रतिफल हातपर्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । स्वास्थ्यमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला ।