श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल माघ १० गते मङ्गलबार, २४ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको तृतीया तिथि १५ः४४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र शतभिषा २२ः१६ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झिनाले विभिन्न अवसर प्राप्त हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । व्यवसायबाट फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनु होला। मिहिनेत गरे फाइदा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गरे काम बन्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि केही वस्तु त्याग्नु पर्ला। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । धनलाभ हुनुका साथै विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ।