श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०७९ साल माघ १२ गते बिहीबार, २६ जनवरी २०२३, नलनाम संवत्सर। माघ शुक्लपक्षको  पञ्चमी  तिथि १०ः४८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरभाद्र २०ः२३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी तथा व्यवसायबाट विशेष फाइदा हुनेछ। भौतिक साधनहरू सङ्ग्रह हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको राम्रै मूल्याङ्कन हुनेछ । आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगानीतर्फ लागत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमै उचित कर्मफल प्राप्त हुनेछ । कर्मयोगले लोकप्रियता दिलाउनेछ भने उपहार प्राप्त गर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारबाट फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ । परिस्तिथिवश काममा ढिलासुस्ती हुनसक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। काम रोकिनाले मन खिन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही बाध्यात्मक परिस्थितिमा अलमलिनु पर्ला। श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि गरिएको मिहिनेतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ ।