श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १३ गते शुक्रबार, २७ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको षष्ठी तिथि ०९ः३९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रेवती १८ः५२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमै होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। नियमित काम गर्दै नयाँ कामसमेत प्रारम्भ गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। सट्टापट्टा तथा चल–अचल धनको उपयोगबाट फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सफलता दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने योग छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रम परे पनि मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म, कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। साथीभाइको सहयोग मिल्नेछ।