विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता सुनवर्षी नगरपालिका वडा नम्बर ८ विजय भएको छ ।
सुनवर्षी २ र सुनवर्षी ८ बिच शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ८ विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको सुनवर्षी–२ ले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाएर ९८ रनको योगफल तयार पारेको थियो । ९९ रनको विजयी लक्ष्य पछ्याएको सुनवर्षी ८ ले १७।१ ओभरमा ५ विकेट गुमाइ सो विजयी लक्ष पार गरेको थियो ।
सुनवर्षी ८का उम्मर सानीले १६ रनको योगदान दिए । उनी म्यान अफ दी म्याच घोषित भए। म्यान अफ दी म्याच घोषित भएका सानिलाइ नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापा, शिक्षा शाखा प्रमुख हरि कट्टेलले टिमले ५ हजार प्रदान गरे ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमलाई नगद ६५ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने प्रतियोगिताका खेल व्यवस्थापक राम कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको फाइनल माघ १६ गते हुनेछ ।