श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १५ गते आइतबार, २९ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको अष्टमी तिथि ०९ः२३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी २०ः३६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्ने र शरीरमा कमजोरी अनुभूति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहो¥याउनु पर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तजनले उत्साह बढाउलान् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चको जोहो गर्न दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुनसक्छ ।