श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १६ गते सोमबार, ३० जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको नवमी तिथि १०ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र कृतिका २२ः३२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः४२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।केही चुनौती आउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतको परिणाम प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गरे जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।