श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १७ गते मङ्गलबार, ३० जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको दशमी तिथि १२ः१५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रोहिणी भोलि ००ः५७ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः५१ बजे र सूर्यास्त ०५ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुनसक्छ । तारिफयोग्य काम हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्राप्त हुनेछ। चुनौती पन्छाउँदै रोकिएको काम सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ।