श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ १८ गते बुधबार, १ फेब्रुअरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको एकादशी तिथि १४ः२४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा भोलि ०३ः४२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः४४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।पहिलेका समस्या सुल्झाउन पनि काम दोहो¥याउनु पर्ने हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्ठ्यारो पर्दा सहयोगीहरूले समेत साथ नदिन सक्छन्। काम बिग्रने भयले सताए पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको विश्वास जित्न समय लागे पनि दिगो काम हातलागी हुने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय लागे पनि रोकिएका काम प्रारम्भ गर्ने मौका छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।