श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २० गते शुक्रबार, ३ फेब्रुअरी २०२३, नलनाम संवत्सर। माघ शुक्लपक्षको त्रयोदशी तिथि १९ः१९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु भोलि ०९ः३३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा दिगो प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महŒवाकाङ्क्षी कार्य प्रारम्भ होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मानसमेत प्राप्त हुने समय छ। जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । तर, शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्य आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला । श्रमको समुचित मूल्याङ्कन नहुन सक्छ।