देउराली । मोरङको विराटनगरमा लागु औषध ब्राउन सुगरसहित धरानका २ युवा पक्राउ परेका छन् ।
आज बिहान लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर उपमहानगरपालिकाको १५ नम्बर वडाबाट धरान उपमहानगरपालिका ५ का २२ वर्षीय अमन अछामे र २२ वर्षीय सञ्जीव विश्वकर्मालाई ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका उनीहरूको साथबाट प्रहरीले १ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवैको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।