श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २१ गते शनिबार, ४ फेब्रुअरी २०२३, नलनाम संवत्सर । माघ शुक्ल पक्षको चतुर्दशी तिथि २१ः५० बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पुनर्वशु ०९ः३३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः४६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । कर्मयोगले नयाँ मोड लिनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू समेत सम्झौता गर्न आउनेछन्।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । हातमा आएको रकम खर्चनुपर्ने देखिन्छ । 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यापार र पेशाबाट फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा प्रगति हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुने समय रहेको छ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिलेको सफलताले थप हौसला जगाउनेछ । तर, आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन् ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भेटघाटमा अलमल हुनाले काममा बाधा पुग्नेछ । अवसरको खोजीमा परिवारबाट टाढिनुपर्ने हुनसक्छ । 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।