श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २२गते आइतबार, ५ फेब्रुअरी २०२३, नलनाम संवत्सर । माघ शुक्लपक्षको पूर्णिमा तिथि भोलि ००ः१६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुष्य १२ः२८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर आउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
माया मारेको धन फिर्ता हुन सक्छ । केही रकम जोहो गर्न पनि सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बनिसकेको काम रोकिनाले दोहोर्याउनु पर्ने हुनसक्छ । आजको लाभांश सञ्चय नहुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही खर्च लागे पनि लगानीले फाइदा दिलाउनेछ। लगानीका रूपमा सञ्चित धन उपयोग गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो काम प्रारम्भ हुनसक्छ । श्रमको उचित मूल्य पाइनेछ। दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रकम सञ्चय नभए पनि मिहिनेतले जिम्मेवारी दिलाउनेछ। नयाँ ज्ञान सिक्ने समय छ। योजना फलदायी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। विभिन्न अवसर प्राप्त हुने तथा मिहिनेतले नाम र दाम दिलाउनेछ।