प्लेनभित्रका व्यक्तित्वहरू कसैलाई म चिन्दिन, कसैलाई देखेकै छैन तर, विजयपुर चौकमा समवेदनामा दीप प्रज्वलन र एक मिनेट प्रार्थना गर्दा आँखाबाट तप् तप् आँसु झर्यो ।
नेपाल सरकार अनि सम्बन्धित जिम्मेवार व्यक्तित्वहरू नेपालीलाई आँसुमा नडुबाऊ । विदेशीले फ्याँकेका प्लेनलाई रातारात रङरोगन गरी नयाँ नबनाऊ । सम्झौं, डा. पिताले आफ्नो काखको नाबालक छोरा र आफ्नी अर्धाङ्गिनी जलिरहेको देख्दा तिम्रो मन रोएन ?, एउटा बच्चीलाई काखमा राखेर बचाउन खोज्दा बचाउन सकेन । पानी मागेको देख्दादेख्दै आगोको ज्वालाले पानी खुवाउन सकेन ।
सरकारलाई दोष दिएको हैन, सरकारले चासो नदेखाएको हो । प्रत्येक क्याप्टेन र को–पाइलटको अनुहारमा अवश्य हाँसो हँुदैन, बाध्यता हो । क्याप्टेन र को–पाइलटमात्र हैन, उनीहरूका आमाबुवा परिवार स्वयम् दुःखी रहन्छन् छोराको परवाहमा ।
कसैलाई नबोलाऊ । नेपालको जहाज यस्तै छ, असुरक्षित । बसको तुलनामा जहाज धेरै असुरक्षित हुन्छ । चढ्ने र चलाउने दुवै प्लेन भरोसे हैन, भगवान् भारेसे भनी चढ्न बाध्य हुन्छन् । नेपालकै प्लेन किन यस्तो ? बाहिरी देशहरूमा पनि दिन धुम्मिन्छ, हुस्सु लाग्छ, तर नेपालमा चंै किन यस्तो ? नेपालमा क्याप्टेन र को–पाइलटलाई दोष दिने चलन छ तर, उनीहरूलाई दोष नदिऊँ, दोष हाम्रा थोत्रे प्लेनहरूको हो । अनि थोत्रे प्लेन(जहाज) किनेर पैसा खान पल्केकाहरू को हो ।
क्याप्टेनले मर्छु मर्छु तर, बस्तीलाई बचाउँछु भनेर खोल्सामा जहाज झारेको ज्वलन्त उदाहरण छ । सलाम गरौं, क्याप्टेन र को–पाइलटलाई त्यो एक मिनेटमा उनीहरूले के के सोचे होलान् । घरपरिवार, छोराछोरी उफ् .....कहालीलाग्दो क्षण । फेरि त्यस्तै गत मङ्गलबार ल्यान्डिङ हुन नसकेको प्लेन.... । त्यो क्षण यही माघ १ गतेको दृश्य नै अवश्य दोहोरियो होला । अनि कसरी नेपालको प्लेनको विश्वास गरौं ? प्लेनभित्रका यात्रुहरू आफ््नो गन्तव्य नपुगुन्जेल हेराहेर गर्दै पर्खाइमा बित्छ, किन यस्तो हुन्छ नेपालको प्लेन ?
प्लेन विशेषज्ञहरू नयाँ प्लेन किन अनि यो त नयाँ प्लेन हो भनी बेस्सरी घूस खुवाऊ तर, घरपरिवार नेपाललाई नरुवाऊ । आज सिङ्गो नेपाल रोएको छ ।