भरौल । स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ ले आयोजना गरेको स्कुलमा कविता कार्यक्रम तामझामका साथ सुरुवात भएको छ ।
लगभग डेढ महिनासम्म चल्ने यो कार्यक्रमको औपचारिक सुरुवात माघ २१ गते शनिबारदेखि कालाबन्जरबाट सुरु भएको हो । कार्यक्रमका आकर्षण विशेष कवि भीम विरही राईले 'सायद मेरो अन्तिम पत्र हुन सक्छ' कविता वाचन गरेसङ्गै सुरु भएको सो प्रतियोगितामा साविक भरौल गा.वि.स.बाट स्काई इङ्लिस स्कुल बराहक्षेत्र -३ नडाहाकि पुष्पा घिमिरे र मुनवीम एकेडेमी बराहक्षेत्र -५ कि इशा सुवेदी फाइनल राउण्डमा प्रवेश गरेका छन् भने तेस्रो जनता माध्यमिक विद्यालयका ओती केदेम लिम्बु बन्न सफल भइन् । अब उनीहरुले २०८० वैशाख २ गते हुने फाइनलमा अन्य छ्नोट हुने कविहरुसङ्ग प्रतिष्पर्धा गर्नेछन् ।
बराहक्षेत्र-५ को ज।डे।ज। मा।वि। सम्पन्न सो कार्यक्रममा ५ वटा विद्यालयले सहभागी जनाएका थिए । कार्यक्रममा समाजका सल्लाहकार दुर्गा बस्नेत, पुर्व वडाअध्यक्ष रुद्र दाहाल, राजनीतिकर्मी अमित गौतमले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र-५ का वडाअध्यक्ष रोहित काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा ठुलठुला परिवर्तनमा साहित्यको अहम भुमिका रहेको बताए ।
उनले थपे, जेबी टुहुरेको गीतले आम नेपाली जनतालाई परिवर्तनको निम्ति जागरुक बनाएको यथार्थ छँदैछ । गोपाल प्रसाद रिमालको आमा कविताले अहिले पनि हामीलाई उत्तिकै उर्जाशील बनाउँछ । साहित्यले मार्गदर्शन गरेको राजनीति मात्र सचेत, वौद्धिक र सफल भएको छ । यो अर्थमा 'स्कुलमा कविता' कार्यक्रम असाध्यै समयसान्दर्भिक छ । यसलाई सफल पार्नु स्वर्णिम साहित्य समाजको मात्र नभइ तपाइँ हामी सबैको दायित्व हो ।' कार्यक्रमका सबै वक्ताहरूले पोएट आइडलका बराहक्षेत्रकि प्रतिष्पर्धी छबिना लुङ्गेली मगरलाई पोएट आइडल बनाउन बारम्बार आह्वान गरे ।
सोही कार्यक्रममा स्वर्णिम साहित्य समाजले स्थापना गरेको 'स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान' अक्षयकोषमा 'लकडाउनमा सर्जक र सिर्जना' पुस्तकका प्रकाशक समुहका कवि भीम विरही राईले रु. ५० हजार हस्तान्तरण गरेका थिए । यस्तै लक्ष्मी कङ्क्रिट उद्योगका प्रदिप चौधरीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए भने साँगुरीगढी गाउँपालिका वार्डनम्बर-९ का वडाअध्यक्ष जेबी परदेशीले पनि ५ हजार रुपैयाँ सो अक्षयकोषको निम्ति प्रदान गरेका थिए ।
अब अर्को अडिसन साविक बराहक्षेत्रको बराह राइजिङ स्टार बोर्डिङ स्कुलमा हुनेछ । प्रतियोगितात्मक कार्यक्रमका विजेताले रु १० हजार का साथमा ट्रफी , प्रमाणपत्रका साथमा अन्य पुरस्कारहरु प्राप्त गर्नेछ। भने दोस्रो तेस्रो र सान्त्वनाले रु। ५ हजार, ३ हजार र ३ हजार प्राप्त गर्नेछ ।
समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कवि दीपा मग्रातीले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष प्रकाश दिप्साली राई रहेका थिए ।